२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा साउथ ह्याम्पटनमाथि ४–० गोलको सहज जित दर्ता गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । सिटीले ९ खेलबाट २३ अंक जोड्दा आर्सनलले ८ खेलबाट २१ अंक जोडेको छ ।

सिटीको जितमा क्यान्सेलो, फोडेन, महारेज र हालान्डले एक एक गोल गरेका थिए । घरेलु मैदानमा सिटीले २० औं मिनेटमा अग्रता लिएको थियो ।
जाओ क्यान्सेलोले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३२ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा फोडेनले गोल गर्दा सिटीले पहिलो हाफमा २–० को अग्रता लियो ।

रियाद मेहरेजले ४९ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरेका थिए भने एर्लिङ हालान्डले ६५ औं मिनेटमा गोल गरेपछि सिटी ४–० को फराकिलो अन्तरले विजयी भयो ।