२०८२ असार ४ बुधबार

राशिफल

उम्मेदवारी दर्ता गर्न प्रचण्डसँगै गोरखा जाँदै बाबुराम

काठमाडौ : गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साथै लिएर समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा जाँदैछन्।

आफूले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र गोरखा- २ मा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को उम्मेदवारी दर्ता गर्न उनी आइतबार प्रचण्डसँग गोरखा जान लागेका हुन्।