२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कालीकोटको तिलागुफामा पहिरोले घर बगाउँदा पाँच जना बेपत्ता

काठमाडौं : कालीकोटको तिलागुफा नगरपालिका वडा नं. ७ मा एउटा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन् ।

स्थानीय ध्रुवराज विष्टको घर पहिरोले बगाउँदा उहाँको परिवारका पाँच जना सम्पर्कविहीन भएका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले  जानकारी दिनुभयो । आज बिहान पहिरोले घर बगाएको सूचना आउनेबित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

कालीकोट लगायत कर्णाली प्रदेशका धेरै ठाउँमा लगातार पानी परिरहेको छ । कर्णाली राजमार्ग पनि अवरुद्ध छ ।