२०८२ असार ४ बुधबार

राशिफल

सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको कमल थापाको भनाइ 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।

मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेपछि थापाले नेकपा एमालेको लोकप्रिय चिन्ह सूर्यबाट चुनाव लड्न पाउँदा खुसी लागेको बताउनुभयो । थापालाई नेकपा एमालेको साथ रहेको छ ।

अघिल्लो निर्वाचनमा उहाँ यही क्षेत्रमा नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित हुनुभएको थियो । एमालेले थापालाई समर्थन गरेसँग एमाले मकवानपुरका नेता कार्यकर्ता भने रुष्ट बनेका छन्।