काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ ।
उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पार्टीको नेतृत्व तहमा रहेकाले काठमाडौं क्षेत्र नम्बर ४ को विकासका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्नो लागि आएको उहाँले बताउनुभयो । उहाँले जोश र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा दाबी रहेको समेत बताउनुभयो । उहाँ २०७० र २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएको उल्लेख गर्दै थापाले काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएकाले अन्त नगएको बताउनुभयो । आफूमाथि विश्वास र भरोसा गरेर उम्मेदवार सिफारिस गरेको भन्दै उहाँले सप्तरी क्षेत्र नम्बर १, कास्की क्षेत्र नम्बर १ र सर्लाही क्षेत्र नम्बर ४ का पार्टी कमिटीलाई धन्यवाद दिनुभयो ।
तपाइँको प्रतिक्रीया