काठमाडौं : हुम्लामा अबिरल वर्षापछी खसेको पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
चङ्खेली गाउँपालिका वडा नम्बर ६ मासिधारा देनबाडाका देउच्या बिश्वकर्माको घरमाथी पहिरो खस्दा ६५ वर्षका श्रीमती होइजाली विश्वकर्मा, ९ वर्षका छोरी तुलसी विश्वकर्मा, ७ वर्षका छोरी सुस्मिता विश्वकर्मा र ५ वर्षका वसन्त विश्वकर्माको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । घरभित्रै रहेका देउच्या विश्वकर्मासहित तीन जना गम्भीर घाइते भएका छन् ।
घाइतेको स्थानीय मेलछाम स्वास्थ्य चौकीमा उपचार भइरहेको परियारले जानकारी दिनुभयो । त्यस्तै माथीबाट खसेर ढुङ्गाले लागेर ताँजकोट गाउँपालका ५ का खेमराज ढकालको पनि मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रीया