२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशको पहिलो जित

काठमाडौं  :  नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

पोखरामा मंगलबार भएको खेलमा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेट पराजित गरेको छ । गण्डकीले दिएको ६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १० ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।जितसँगै गण्डकी २ अंक जोड्दै समूह ’ए’ को दोस्रो स्थानमा उक्लिएको छ । हारसँगै अंक बिहिन रहँदै गण्डकी पुछारमा रहेको छ ।महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।समूह ’ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ’बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ ।