काठमाडौं : अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ। लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्याएको छ।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्याएको छ। यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो। “हामीले सबै पालिकामा लगातारको वर्षाले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न भनेका छौँ, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ”, उहाँले भन्नुभयो, “हालसम्म निसीखोलाको कागती र किबीखेतीमा क्षति पुर्याएको छ भने राम्रो धानबाली हुने क्षेत्रमा केही धान ढलेको पाइएको छ।”
तपाइँको प्रतिक्रीया