काठमाडौं : भारतीय रियालीटी शो बिग बोस १६ मा साजिद खानको प्रवेशलाई लिएर ठूलो विवाद भएको छ ।
चलचित्र उद्योगसँग सम्बन्धित धेरैले उनलाई शोबाट बाहिर निकाल्न माग गरिरहेका छन् । यसैबीच, फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लॉइज |(एफडब्ल्यूआईसीई ) ले भने साजिदलाई समर्थन गरेको छ ।
साजिद खानलाई समर्थन गर्दै, एफडब्ल्यूआईसीईले सूचना र प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेको छ । पत्रमा एफडब्ल्यूआईसीईले साजिदको पक्ष लिएर उनलाई एक वर्षको लागि प्रतिबन्ध लगाइएको, र उनले आफ्नो सजाय काटिसकेको बताइएको छ । उनीमाथि लगाइएको प्रतिबन्ध मार्च २०१९ देखि नै हटाइएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
एफडब्ल्यूआईसीईले अनुराग ठाकुरलाई लेखेको पत्रमा भारतीय फिल्म र टेलिभिजन निर्देशक संघ ९आइएफटिडिए० लाई साजिद विरुद्ध उजुरी आएको थियो, त्यसपछि भारतीय फिल्म र टेलिभिजन निर्देशक संघ ले उनलाई एक वर्षको लागि प्रतिबन्ध लगाउन सुझाव दिएको थियो । साजिदमाथि लागेको आरोपलाई ध्यानमा राख्दै एफडब्ल्यूआईसीई र आइएफटिडिए दुवै समितिले छानबिन गरेपछि उनीमाथि प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।
प्रतिबन्धको समयमा पनि मानिसहरुसंग उनको व्यवहार राम्रो थियो । यसैलाई ध्यानमा राख्दै, मार्च २०१९ मा साजिद खानमाथिको प्रतिबन्ध हटायो । त्यसैले अब साजिद खानले आफ्नो करियर फेरि सुरु गर्न सक्छन् ।
पत्रमा एफडब्ल्यूआईसीईले अनुसन्धानका क्रममा ‘साजिदले धेरै अपमान सहनुपरेको थियो । एक मानव जसले आफ्नो सजाय भुक्तान गरिसकेको छ र सबै नियमहरूको पालना गरेको छ । उसलाई एउटै अपराधको लागि पुन मुद्दा चलाउन सकिँदैन र फेरि सजाय दिन सकिँदैन । त्यसैले उनीहरूलाई फेरि काम गर्न अनुमति दिनुपर्छ।’ भन्दै पत्रमा उल्लेख गरेको छ ।
तपाइँको प्रतिक्रीया