२०८२ असार ४ बुधबार

राशिफल

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा गुल्मीका एक जनाको मृत्यु

काठमाडौं : रुपन्देहीको सिद्धार्थनगर नगरपालीका–४ उधोगपुरीमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको हस्तीचौर घर भइ हाल सिद्धार्थनगर नगरपालिका–४ स्थित पौवा होटेलमा काम गर्ने अन्दाजी २३ वर्षीय सन्तोष खत्री रहेका छन् ।

खत्रीले चलाएको लु ५५ प ४७५९ नम्बरको स्कुटर गएराती सवा ११ बजे अनियन्त्रित भएर पल्टिदा उनी गम्भीर घाइते भएका थिए ।

खत्रीलाई उपचारको लागि भैरहवास्थित भीम अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।