काठमाडौं : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले कर्णाली नदीबाट प्रभावित बाढीपीडित परिवारलाई राहत वितरण सुरु गरेको छ ।
कर्णाली नदीको तटीय क्षेत्रका बाढीपीडित घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले राहत वितरणको काम सुरु गरिएको हो । जिल्लाका ४ पालिकाका ८ हजार २ सय ३१ बाढीपीडित घरपरिवारलाई राहत वितरण गरिने जिल्ला रेडक्रस सोसाइटी बर्दियाका अधिकृत हरि केसीले ईमेज खबरलाई जानकारी दिनुभयो ।
राहत पाउने परिवार मध्ये राजापुर नगरपालिकाका ३ हजार ९ सय ७१ गेरुवा गाउँपालिकाका २ हजार ८ सय ५९ मधुवन नगरपालिकाका ५ सय ८ र ठाकुरबाबा नगरपालिकाका ८ सय ८६ घरपरिवार रहेका छन् । विश्व खाद्य कार्यक्रम ९धाउ० को आर्थिक सहयोगमा जिल्ला रेडक्रस सोसाइटी बर्दियाले राहत वितरण गर्न सुरु गरेको हो ।
राहत वितरण कार्यको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले मंगलबार उद्घाटन गर्नुभयो । बाढीबाट डुबानको चपेटामा परेका स्थानीयहरु भने राहत रकम पाएपछि खुशी भएका छ्न् ।
तपाइँको प्रतिक्रीया