२०८२ जेठ २७ सोमबार

राशिफल

भवनको नक्सा पास गर्न महानगरकाे नगरबासीसँग आग्रह

काठमाडौं : विराटनगर महानगरपालिकाले निर्माण भएका निजी र सरकारी भवनको नक्सा पास गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले सरकारी, संस्थागत, निजी, जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा सय दिनभित्र नक्सा पेश गरी स्वीकृत गर्न महानगरबासीलाई आग्रह गरेको हो।

तोकिएको समयभित्र नक्सा पास नगरेमा त्यस्ता भवनको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र निर्णय बमोजिम कारबाही गरीने महानगरपालिकाले जनाएको छ ।

महानगरले सुशासन, महानगर सरसफाइ, फुटपाथ खाली, नाला सफाई, डुबान समस्या समाधानलगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । महानगरभित्र धेरैले नक्सा पास नगरी घर र भवन बनाएको पाइएको मेयर नागेश कोइरालाले बताउनुभयो ।

महानगरका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले एक तले घर र भवनको नक्सा पास गरेर ३\४ तलेसम्म बनाएको पाइएकाले सबैलाई नक्सा पास गर्न आग्रह गरिएको बताउनुभयो ।