२०८२ असार ४ बुधबार

राशिफल

टुकुचामाथिका घरजग्गा भत्काउने विरूद्धका रिट न्यायाधीश ढुंगाना र सुवेदीको इजलासमा

काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू भत्काएको भन्दै उच्च अदालतमा परेको रिटहरूमाथि आज सुनुवाई हुँदैछ।

न्यायाधीश टेक प्रसाद ढुंगाना र बिमल सुवेदीको इजलासमा परेको उक्त मुद्दा पेशी सूचीको पहिलो नम्बरमा छ।

यसअघि उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २१ घरधनीले दिएको रिटमाथि सुनुवाई गर्दै असोज २ गते न्यायाधीश किरण पोखरेलको इजलासले उनीहरूको जग्गाजमिनमाथि कुनै क्षति पुग्ने काम नगर्न अल्पकालिन आदेश दिएको थियो।

यो सँगै अदालतले प्रमाण झिकाउने आदेशसमेत दिएको थियो। उक्त आदेश निरन्तरता दिने वा नदिने सम्बन्धमा आज दुवै पक्षबीच बहस हुनेछ। दुबै पक्षको बहस सकिएपछि अदालतले अर्को आदेश दिनेछ।

काठमाडौं महानगरले भदौ अन्त्यतिर टुकुचा उत्खनन् गरि सतहमा ल्याउन हात्तिसारक्षेत्रमा डोजर चलाएको थियो। टुकुचा माथि बनेका घरहरूपनि महानगरको डोजरले भत्काएको थियो।