काठमाडौं : नेकपा एमालेले चितवन– ३ मा सत्ता गठबन्धनका बागी उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ ।
यसका लागि एमालेले आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिने निवेदन आएको चितवन– ३ का निर्वाचन अधिकृत हरिसिंह धामीले रातोपाटीलाई जानकारी दिए ।
कोइरालाले मंगलबार बेलुकी बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेपछि न्यौपानेको उम्मेदवारी फिर्ताका लागि पत्र पठाइएको बुझिएको छ ।
सत्ता गठबन्धनबाट चितवन ३ मा माओवादी केन्द्रका डा.भोजराज अधिकारी उम्मेदवार छन् । उनका विरुद्धमा कांग्रेस नेता कोइरालाले बागी उम्मेदवारी दिएका थिए ।
तपाइँको प्रतिक्रीया