काठमाडौं : बाँकेमा टाटासुमो जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडा रहेका छन् । उनी चालक हुन् ।
घाइते भएका तीन जनामध्येमा वीरन्द्रनगर नगरपालिका–७ का २२ वर्षीय शिसिर ज्ञावलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
अन्य घाइते हुनेहरुमा मृतक खतिवडाका दुई छोरी १६ वर्षीया रञ्जना र २३ वर्षीया सुमिता खतिवडा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक घर्तीमगरले बताए । घोइते तीनै जनाको अहिले घोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
घर्तीमगरका अनुसार बाग्मती प्रदेश ०१–०२८ च ००४४ नम्बरको जीप बुधबार विहान सवा ७ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर बाँकेको राप्ती सोनारी गाउँपालिका–२ झुरीखोलामा दुर्घटनामा परेको थियो ।
तपाइँको प्रतिक्रीया