२०८२ असार ४ बुधबार

राशिफल

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारेर उपचार गरिदै

काठमाण्डौ  :  बिरामी भएर अस्पताल भर्ना हुनुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारेर उपचार थालिएको छ ।

स्वास्थ्यमा सुधार आएपछि हिजो उहाँलाई आईसीयूबाट डिलक्स क्याबिनमा सारिएको थियो । तर फेरि समस्या देखिएपछि उहाँलाई बिहानदेखि आईसीयूमा सारिएको किष्ट मेडिकल कलेजले जनाएको छ।

अस्पतालकाअनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर उपचार थालिएको हो ।