काठमाडौं : नेकपा माओवादी केन्द्र सङ्खुवासभाले बागी उम्मेदवारी दिएका छिरिङ शेर्पालाई कारबाही गरेको छ ।
पार्टीको हित विपरीत, गठबन्धनको भावना र मर्म विपरीत स्वतन्त्र ढङ्गले उम्मेदवारी दिएको भन्दै शेर्पालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राई ९उदय० ले जानकारी दिनुभयो ।
धर्मदेवी नगरपालिका–३ का शेर्पा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो । उहाँले प्रदेश सभा ९ख० बाट बागी उम्मेदवार बन्नुभएपछि कारबाहीमा पर्नुभएको हो ।
निर्वाचन आयोगबाट पानीको धारा चुनाव चिह्न पाएका शेर्पा चुनावी प्रचारप्रसारमा लागि सक्नुभएको थियो । उहाँ नेकपा माओवादी केन्द्र र अन्य राजनीतिक दलहरुको प्रवृत्तिबाट असन्तुष्ट रहेको अभिव्यक्ति दिँदै आउनुभएको थियो ।
सङ्खुवासभामा प्रतिनिधि सभा चुनावमा लागि दुई जना स्वतन्त्रसहित १० वटा राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् भने प्रदेश सभा ९क० मा एक स्वतन्त्रसहित ७ वटा राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा ९क० मा शेर्पासहित अर्का दुई जना स्वतन्त्रसहित ७ वटा राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् ।
तपाइँको प्रतिक्रीया