२०८२ जेठ २५ शनिवार

राशिफल

नेप्से आज चार दशमलव १५ अंकले बढ्यो

काठमाण्डौ   :  शेयर बजार आज बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १५ अंकले बढेर एक हजार ८ सय ७० दशमलव ६३ विन्दुमा पुगेको छ ।

आज जलविद्युतबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । २ सय २२ वटा कम्पनीको २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ४० लाख र नेपाल लाइफ इन्सुरेन्सको तीन करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।