२०८२ जेठ २२ बुधबार

राशिफल

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एनआरएनएको विजय सुरुवात

काठमाडौं  :  गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ ।

पोखराको याम्दीमा रहेको गोष्तेघाट मैदानमा आज बिहीवार भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई दुई–शून्य गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।

एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले एक–एक गोल गरे । विमलले खेलको आठौँ मिनेटमा र सञ्जोगले ५५ औँ मिनेटमा गोल गरे ।