२०८२ असार ४ बुधबार

राशिफल

कंचन विच्छा : २७ वर्षमै अधिवक्तादेखी राजनितीज्ञ

जो मधेसमा महिला हक हित र शिक्षाको दायरा बढाउन चाहन्छिन ।
आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा मधेस प्रदेश समानुपातिक तर्फ सिरहा – ४ मा राप्रपाले युवा उम्मेदवार कंचन विच्छाको नाम बन्दसुचिमा राखेको छ । २७ वर्षकी बिच्छा अधिवक्ता समेत हुन । यसअघि २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र विजय भएको उक्त क्षेत्रमा यसपाली भने सहज छैन । राप्रपाको बढदो लोकप्रियता ( अध्यक्षमा लिङदेन निर्वाचित भएपछि ) का कारण अन्य पार्टी परित्याग गरि प्रवेश गर्ने उत्तिकै छ्न ।

राजनीतिक र पारिवारिक पृष्ठभुमि :
महोत्तरीको जलेश्वरमा जन्मे, हुर्केकी बिच्छा राजनितिक चेतबाट पर थिइन । उनलाई राजनिती गर्नु थिएन । तर देशको अवस्थाले उनको राजनितिक यात्रामा डोर्यायो । उनी ४/५ वर्षदेखि राप्रपाको राजनितिमा होमिएकि थिइन । त्यतिबेला उनी राप्रपाको महिला संघको केन्द्रिय सदस्य थिइन ।
महोत्तरीको जलेश्वर नगरपालिका पिगौनामा जन्मेकी बिच्छाको विहे सिरहाको मिचैयाका रामनारायण शाहसंग भयो । जस कारण समुदाय, सस्कृतिको मेल भयो । यस्ले उनलाई अझ सामाजिक चेतना दियो । उनका २ वटा छोराछोरी छ्न। बिच्छाका श्रिमान शाह पनि राप्रपाको निर्वाचित केन्द्रिय सदस्य हुन भने ससुराबुवा राप्रपा राजनितिमा २०४८ सालदेखी नै होमिएका थिए । ससुराकाका पनि राप्रपाको तर्फबाट नगरपालिका अध्यक्षको प्रत्याशि भएको विगत २ चुनावमा । कंचनका ससुराबुवाको नाममा एउटा ट्र्स्ट छ । जसबाट उनले सामाजिक कार्य गर्दै आएकि छ्न ।

अधिवक्ताको यात्रा :
मधेसी मुलकी बुहारी बिच्छा पढाईपनि मेहेनती थिइन । बिच्छा सानैदेखी राज्यको हरेक गतिविधि थाहा पाउन चाहिन ।
उनले त्रिभुवन विश्व विद्यालयबाट वि.ए.एल.एल. वि गरिकी छ्न । उनको क्षेत्रमा शिक्षा, चेतनाको ज्योती फैलाउने हेतु एंव न्याययुक्त समाज निर्माणको निमित्त आफ्नो पढाइ अधिवक्ता तर्फ धकेलिन । अहिले उनी न्यायको लागि बोल्ने वकिल बनेकी छिन ।

शिक्षा, स्वास्थ्यको क्षेत्रमा पहुँचता बढाउने, आर्थिक विकास र विकास निर्माणलाई तिव्रता दिने योजना छ ।

 

उम्मेदवार कंचन बिच्छाले एनडिसी खबरसंग गरेको कुराकानी :
तपाईंका परिवार नै राजनितीमा होमिनुले कतै बिच्छा शाह नेपोटिजमको उपहास त हैन भन्ने पनि छन् के भन्नुहुन्छ उनिहरुलाई ?
म यो देश भष्ट्रचार, गरिबीमा डुबेको देख्न चाहन्न, पछिल्लो समय देशमा राष्ट्रियतामा पनि ह्रास आएको छ । यस्ता अस्वभाविक क्रियाकलापबाट जोगाउन मेरो रुचि र कर्म राजनितीमा लम्कियो । विशेषगरी यो सब गर्ने एक मात्र भनेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हो । म राजनितीमा लाग्नुमा कसैको देन होइन आफ्नो चेतना, शिक्षा र नियमित कर्मको प्रतिफल हो ।

पार्टिले किन दियो टिकट ?
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ पुस्ता, शिक्षित र योग्य व्यक्तीलाई टिकट दिएको उनले बताइन । “ भष्ट्रचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो त्यसकारण हाम्रो पार्टी भष्ट्रचार गर्दैन । गर्नेलाई छोड्देन ।” उनले भनिन । “यो क्षेत्रका नागरिकले म बाट विकासको आश गरेका र म पनि पार्टीको सक्षम राजनीतिकर्मी भएकोले मलाई चुनावमा उठाइयो ।” बिच्छाले भनिन ।

तपाईंको चुनावी एजेन्डा / योजना के छन ?
हाम्रो पार्टिको मुख्य एजेण्डा भनेको मासीएको हिन्दु रास्ट्र पुनः स्थापना गर्ने, संवैधानिक राजतन्त्र ल्याउने र देशलाई आथिक विकासको गतिमा लैजाने हो । मेरो मुख्य योजना भनेको शिक्षामा सुधार, पहुँचता बढाउने हो । मधेसमा महिलाको शिक्षाको दायरा बढाउने, महिलाको हक हितको लागि आवाज उठाउने जस्ता कार्यमा मेरो ध्यान केन्द्रित छ ।

जित्नु हुन्छ भन्ने आधार के छ्न ?
राप्रपा यस्तो पाटी हो जसको छुट्टै नीति नियम छ । जसका पछि लाखौं नागरिक लागिरहेका छ्न । राष्ट्रियताको विषयमा बोल्ने पाटी हो । जसमा सक्षम, शिक्षित नेतृत्व छ उसले जितिहाल्छ । म पनि त्यही हो । हाम्रो क्षेत्रमा हरेक विकासको कार्यमा लागिरहेको छु अझ जनताले जिताएर नेतृत्वदायी भुमिकामा पुर्याएपछी म पनि यो क्षेत्र लगायत मधेस प्रदेशलाई उसैगरी विकास गर्ने छु । त्यो कुरामा म सक्षम छु । म अधिवक्ता भएको हिसाबले महिला, बालबालिकाको न्यायमा लाग्ने छु । हाम्रो पार्टिको मुल उद्देश्य भ्रष्टाचार नियन्त्रणमा म लागिपर्ने छु ।

अन्य स्थानमा एमाले– राप्रपाको तालमेल हुँदा यहाँ किन प्रतिस्पर्धा भयो त ?
हो । देशका ५/६ निर्वाचन क्षेत्रमा भएको छ । यहाँ भएको छैन । केही स्थानमा सघाउने काम चाहिँ पक्कै भएको हो । यहाँ ( सिरहा ) पनि हाम्रो र एमालेको बिचमा प्रतिस्पर्धा हुन्छ । तर मैत्रीपूर्ण

यसअघि २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र विजय भएको थियो ।
सिरहा –४ मा राप्रपाले प्रतिनिधि सभाको उम्मेदवारमा नगिना झा, प्रदेश (क) मा सर्वण मसाङ्री, प्रदेश (ख) मा चन्द्रेश्वर यादव उठाएको छ । भने प्रतिनिधि सभा निर्वाचनको लागि (एमाले– जसपा तालमेल) जसपा– एमालेको तालमेलबाट डा. विरेन्द्र महतो, प्रदेश तर्फ (क) प्रकाश महाशेठ र (ख) मा सुरेश मडण्लले उम्मेदवारी दिएका छ्न । सत्ता गठबन्धनबाट धर्मनाथ शाह ( एकीकृत समाजवादी ) प्रतिनिधि सभा, महेन्द्र रासमान प्रदेश सभा (क) र रामबाबु यादव प्रदेश सभा (ख) को उम्मेदवार भएका छ्न ।