काठमाडौं : अमेरिकाको नर्थ क्यारोलाइनाको रालेई शहरमा भएको गोलीकाण्डमा ५ जनाको मृत्यु भएको छ।
सोही काण्डमा २ जना घाइते भएका हुन् । मृत्यु हुनेमा एक जना छुट्टीमा रहेका प्रहरी अधिकृत समेत रहेका छन् । घटनाको विषयमा जानकारी दिंदै रालेई शहरकी मेयर म्यारी एन बाल्डबीनले बिहिबार अपराह्न ५ बजे गोलीकाण्ड भएको र तत्कालै प्रहरी घटनास्थल पुग्दा थप क्षति हुन नपाएको बताउनुभयो ।
तर स्थानीय अस्पतालले भने गोली लागेका ४ जना अस्पतालमा भर्ना भएको जानकारी दिएको छ । घाइते एक जना लागूऔषध नियन्त्रण ब्यूरो, के–नाइनका अधिकारी भएको जनाइएको छ । गोली प्रहार गर्ने ब्यक्तिको पहिचान नभएको पनि स्थानीय प्रहरीले जनाएको छ । अमेरिकामा पछिल्लो समय गोलीकाण्ड हुने क्रम बढिरहेको छ ।
यस्ता गोलीकाण्डहरुमा वार्षिक दर्जनौं निर्दोष मानिसको समेत मृत्यु हुने गरेको छ ।
तपाइँको प्रतिक्रीया