२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आर्सनलको जितमा बुकायो साकाले निर्णायक गोल

काठमाडौं : आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति बोडो ग्लिम्टलाई १–० ले हराउँदै आर्सनलले नकआउट चरणमा प्रवेश गरेको हो ।

आर्सनलका लागि बुकायो साकाले निर्णायक गोल गरे । उनले खेलको २४ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै आर्सनल समूह ‘ए’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बोडो ग्लिम्ट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।