काठमाडौं : अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिने भएकी छन् ।
उनले प्रेमी अजय सिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । ‘हिजो आजका कुरा’ को प्रिमियर पनि उनी प्रेमी ठकुरीको साथमै पुगेकी थिइन् । रिस्ताका प्रेमी अजय अमेरिकाको न्युयोर्कमा कार्यरत छन् र अजय हालै नेपाल आएका हुन् ।
‘हिजोआजका कुरा’को प्रिमियर जमघटमा क्रममा उनले प्रेमी सार्वजनिक गरिन् । आफूहरु साथीभन्दा माथि रहेको स्वीकार्दै रिस्ताले चाँडै विवाह बन्धनमा बाँधिन लागेको समेत बताइन ।
फिल्म ‘होस्टेल’ बाट अभिनय करिअर सुरु गरेकी रिस्ताले थुप्रै फिल्म अभिनय गरेकी छन् । तर उनको फिल्मी करियर त्यति सफल हुन भने सकेन् ।
उनीहरूको विवाहको मिति तय नभए पनि यसै वर्ष विवाह हुने सम्भावना रहेको छ ।
तपाइँको प्रतिक्रीया