२०८२ जेठ २२ बुधबार

राशिफल

नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलाडीलाई ओलीको शुभकामना

काठमाण्डाै : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई शुभकामना दिनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आफू प्रतियोगिता हेर्न पोखरा रङ्गशाला जान नपाए पनि खेल भने हेर्ने बताउनु भएको छ ।

उहाँले लेख्नु भएको छ – ‘खेलाडी साथीहरु ! नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे सफलताको तपाईँहरु सबैलाई भव्य शुभकामना । पोखरा रङ्गशालामा आउन नपाए पनि तपाईँहरुको खेल म हेर्ने छु ।’ नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दिउँसो ४ बजे भव्य कार्यक्रमकाबीच उद्घाटन हुँदैछ ।