२०८२ जेठ २१ मङ्गलबार

राशिफल

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था फेरी जटिल बनेको छ ।

जोशीको अक्सिजनको मात्रा घटेपछि उहाँलाई पुनः आईसीयूमा लगिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको हो । गत बुधबार स्वास्थ्य अवस्थामा केही सुधार भएपछि आईसीयूबाट क्याबिनमा सारिएको थियो ।

डेंगु संक्रमण भएपछि उहाँलाई ३ साता अघि अस्पताल भर्ना गरिएको थियो । अहिले जोशी १ सय ३ वर्षको हुनुभएको छ ।