काठमाण्डौ : मधेस प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्री बर्खास्तमा परेका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्नुभएको मधेस प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
तीनै जना मन्त्री २०७८ सालको जेठ २६ गते नियुक्त भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी का मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
मुख्यमन्त्री राउतले सत्ता गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि आज कांग्रेसबाट सहभागी मन्त्रीलाई मात्रै बर्खास्त गर्नुभएको हो ।
तपाइँको प्रतिक्रीया