२०८२ असार ४ बुधबार

राशिफल

निर्वाचन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर

काठमाण्डौ  : निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावसम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि कल सेन्टर आज शुक्रवारदेखि सञ्चालमा आएको हो । कल सेन्टरबाट सेवा लिनका लागि निःशुल्क ११०२ टोल फ्री नम्बरको व्यवस्था गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपूर लाभ लिनका लागि सबैलाई आग्रह गरे । उहाँले आयोग चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारीसमेत दिए।