२०८२ असार ४ बुधबार

राशिफल

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

काठमाण्डौ : ललितपुरको महालक्ष्मी नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बा ९३ प ८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सर्लाही मोहनबाबु खत्रीको ज्यान गएको हो।

ललितपुरको इमाडोलदेखि लुबुतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ घरको भित्तामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

२६ वर्षका खत्रीको ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।