२०८२ जेठ १९ आइतबार

राशिफल

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर तर चिन्ताजनक

काठमाण्डाै : शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहे पनि चिन्ताजनक रहेको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालले विज्ञप्ति निकालेर अस्पताल भर्ना भएको २३औँ दिनमा जोशीको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको बताएको हो ।

जोशीको छातीमा देखिएको निमोनिया सङ्क्रमण र पिसाबमा देखिएको सङ्क्रमण नियन्त्रणका लागि एन्टिबायोटिक्स चलाइरहेको विज्ञप्तिमा उल्लेख छ ।