२०८२ जेठ २४ शुक्रबार

राशिफल

नवौँ राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपीएफले कर्णालीलाई १६–० ले हरायाे

काठमाडौ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफले कर्णाली प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । एपीएफले कर्णालीलाई १६–० गोल अन्तरले पराजित गरेकाे हाे।

खेलको ५औँ मिनेटमा एपीएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । लगत्तै खेलको ९औँ मिनेटमा एपीएफकी अनिता केसीले दोस्रो गोल गरिन् ।

खेलको १३औँ मिनेटमा सावित्रा भण्डारीले दोस्रो गोल गरिन् भने १८औँ मिनेटमा सावित्राले टोलीका लागि चौथो गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

खेलको १९औँ मिनेटमा सरु लिम्बुले पाँचौँ गोल गरिन् भने २१औँ मिनेटमा प्रिति राईले छैटौँ गोल गरिन् । २७औँ मिनेटमा अनिताले, ३६औँ मिनेटमा सरुले, ४५औँ मिनेटमा सावित्राले व्यक्तिगत चौथोसँगै टोलीलाई ९ गोलको अग्रता दिलाइन् ।

सविता रानाले पहिलो हापको इन्जुरी समयमा एपीएफका लागि १०औँ गोल गरिन् । खेलको ४८औँ मिनेटमा सरु लिम्बुले ह्याट्रिक पूरा गर्दै टोलीका लागि ११औँ गोल गरिन्।

५२औँ मिनेटमा सावित्राले, ६१औँ मिनेटमा मनमाया लिम्बुले, ७१औँ मिनेटमा गीता रानाले र खेलको ८३औँ र ८६औँ मिनेटमा रविना गोलेले टोलीका लागि १५औँ र १६औँ गोल गरिन्।