२०८२ जेठ २२ बुधबार

राशिफल

इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले एभर्टनलाई २–० गोलले हरायो

काठमाण्डाै : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनलाई हराएको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको एभर्टनले दोस्रो हाफमा २ गोल खायो । टोटनह्यामको जितमा ह्यारी केन र पिएरे इमिलले एक/एक गोल गरे । खेलको ५९औँ मिनेटमा केनले पेनाल्टीबाट गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६औँ मिनेटमा इमिलले गोल गर्दै टोटनह्यामलाई २–० को सहज जित दिलाए ।

जितसँगै टोटनह्यामले १० खेलमा २३ अङ्क जोडेको छ । टोटनह्याम तेस्रो स्थानमा रहेको छ । समान खेलमा एभर्टन १० अङ्क जोडेर १४औँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा ९ खेल खेलेको आर्सनल २४ अङ्कसहित शीर्ष र म्यानचेस्टर सिटी २३ अङ्कका साथ दोस्रो स्थानमा छ ।