२०८२ जेठ २१ मङ्गलबार

राशिफल

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु

काठमाडौं  : रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको ज्यान गएको छ । अन्य १५ जना घाइते भएका छन् ।

युक्रेनमा युद्धको मञ्चका रूपमा काम गर्ने रुसको बेल्गोरोड क्षेत्रमा रहेको सैन्य तालिम केन्द्रमा हिजो गोली चलेको सरकारी समाचार एजेन्सी रियाले जनाएको छ । रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको हुनसक्ने जनाएको छ ।

रुसले केही समय अघि देखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।