२०८२ असार ४ बुधबार

राशिफल

दाङमा खोलामा बगेर तीन वर्षीय बालकको मृत्यु

काठमाडौं  :  दाङको तुलसीपुरमा खोलामा बगेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराको श्रवण टोल बस्रने जीवन बस्नेतका छोरा ललित बस्नेतको खोलामा बगेर मृत्यु भएको हो।

गहते खोला र पातुखोलाको दोभानमा लुगा धुन गएकी आमासँगै गएका बालक खोलामा बगेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार बालकको शव झन्डै एक सय मिटर तल झाडीमा भेटिएको थियो ।