काठमाडौं : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजेदेखि ४ बजेसम्म राखिने भएको छ ।
अस्पतालले आफ्ना कार्य सकेपछि जोशीको शव परिवारलाई हस्तान्तरण गरिने र परिवारले आफ्नो संस्कृति अनुसारको कार्यक्रम सकेपछि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजे देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि लगिने उ्रक्त ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।
जोशीले आफ्नो शरीर दान गरेकाले अन्तिम संस्कार भने नहुने भएको छ ।
तपाइँको प्रतिक्रीया