२०८२ जेठ २३ बिहीबार

राशिफल

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ त कारोवार ?

काठमाडौं  :  कारोवार हुने साताको पहिलो कारोबारदिन आज सुनको मूल्य घटेको छ।

अस्ति शुक्रबार प्रतितोला ९४ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार रुपियाँले घटेर ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ कायम रहेको छ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपियाँले घटेर प्रतितोला एक हजार एक सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।