२०८२ असार ४ बुधबार

राशिफल

प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष प्रचण्डद्वारा जाेशीप्रति श्रद्धाञ्जली अर्पण

काठमाण्डौ : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थीव शरीरमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष प्रचण्ड ललितपुर महानगरपालिकाको प्राङ्गण पुल्चोकमै पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । अहिले जोशीको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने काम भइरहेको छ ।

संस्कृतिविद् जोशीको १ सय ३ वर्षको उमेरमा किस्ट अस्पतालमा उपचारका क्रममा आज आइतवार बिहान निधन भएको हो । जोशीको छातीमा निमोनिया सङ्क्रमण देखिएको थियो । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेङ्गी सङ्क्रमण देखिएपछि जोशी २४ दिनदेखि उपचारत हुनुहुन्थ्यो ।