२०८२ असार ४ बुधबार

राशिफल

धनकुटामा गुडिरहेको भ्यानमा आगलागी

काठमाडौं  :  धनकुटाको साँगुरीगढी–६ भेडेटार नजिक सोमबार बिहान गुडिरहेको भ्यानमा आगलागी भएको छ ।

तरकारी बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं. २, ०१००१ च २४१ नम्बरको गाडीमा बिहान सबेरै २ बजेर २० मिनेटमा आगलागी भएको प्रहरीले जनाएको छ । गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको चालकले जनाएका छन् ।

गाडीको इन्जिनसहित अघिल्लो भागमा पूर्णरुपमा क्षति पुगेको भेडेटारका प्रहरी नायब निरीक्षक रामप्रसाद शर्माले जानकारी दिए । भेडेटारबाट पुगेको प्रहरी र अन्य गाडीका चालक सहचालकको मद्दतले आगो नियन्त्रणमा आएको शर्माको भनाई छ ।