२०८२ असार ४ बुधबार

राशिफल

सुर्खेत–कालीकोट सडक खण्डमा गाडी चल्न सुरु

काठमाडौं  :  कर्णाली राजमार्ग अन्तर्गत पर्ने सुर्खेत–कालीकोट सडक खण्डमा गाडी आवतजावत गर्न थालेका छन् ।

कालीकोटको खाँडाचक्र नगरपालिका २ सेरीघाटमा तिलानदीले बगाएको सडकको पुनःनिर्माण हिजो बेलुका सकिएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

सुर्खेत–कालीकोट सडक खण्ड सञ्चालनमा आएको र यसले धेरै सहज हुने प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

सेरीघाटको चट्टान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सडक डिभिजन कार्यालय जुम्लाको सहयोगमा फुटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउए ।

कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतबाट कालीकोटको पिलिसम्म राजमार्ग सञ्चालनमा आएको र पिलीबाट जुम्लासम्म पनि सडकको अवरोध पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउए ।