२०८२ जेठ २३ बिहीबार

राशिफल

कर्णाली प्रदेशका दुर्गा बुढालाई स्वर्ण पदक

काठमाडौं  :  स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । उनले जितेको स्वर्ण नवौँ राष्ट्रियमा कर्णालीको पहिलो हो ।

बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१ः१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुबास कार्कीले ९ मिनेट २२ः१५ सेकेण्डसहित कास्य जिते ।

जितपछि प्रतिक्रिया दिंदै उनले स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको समेत बताए ।