२०८२ असार १२ बिहीबार

राशिफल

अरिंगालले चिल्दा बालकको मृत्यु

काठमाडौं : दार्चुलाको शैल्यशिखर नगरपालिका ६ ग्वानिमा अरिंगालले चिल्दा बालकको मृत्यु भएको छ । आमासँगै मेला गएका स्थानीय ६ वर्षीय प्रशान्तसिंह धामीलाई अरिंगालले चिल्दा मृत्यु भएको प्रहरिले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिजो दिउँसोतिर आमासँगै खर फागला गएका प्रशान्तलाई घर फर्कने बेला अरिंगालले चिलेका थिए ।

अरिंगालले चिलेपछि उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको तर उनको उपचारको क्रममै राति मृत्यु भएको प्रहरीले जनाएको छ ।