२०८२ जेठ २३ बिहीबार

राशिफल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको जजिरा एअरवेजको उडान कटौती

काठमाण्डौ  :  जजिरा एअरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक भर्दै आएको उडानलाई कटौती गरेको छ ।

जजिरा एअरवेजले गएको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि यो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुलगायत अन्य यात्रुसमेत प्रभावित भएका थिए । यात्रुहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरि बसेर विमान कुरे पनि जजिराले उडान नगरेको जनाएको छ ।

तीन दिनसम्म जम्मा भएका यात्रुहरूमध्ये केही पर्यटक मात्र बोकेर अस्ति जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

दाहालले जजिरा एअरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए ।