काठमाडौं : रुसले आफ्नो देशमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमवार बताउनुभएको छ । रातभरि र बिहानै ‘शत्रु’ ले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको उहाँको भनाइ छ ।
रुसले इरानमा बनेको कामिकाजे ड्रोन र मिसाइलले युक्रेनमा आक्रमण गरिरहेको छ । दुस्मनले हाम्रा सहरहरूमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’ जेलेन्स्कीले भन्नुभएको छ ।
राजधानी किभका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गर्नुभएको छ ।
युक्रेनले आफूहरूलाई थप हवाई आक्रमण रक्षा प्रणाली सहयोग गर्न पनि अमेरिका र युरोपेली देशलाई आग्रह गरेको छ । इरानले भने रुसलाई ड्रोन आपूर्ति गरेको अस्वीकार गर्दै आएको छ ।
तपाइँको प्रतिक्रीया