२०८२ असार ४ बुधबार

राशिफल

५ हजार घुससहित प्रशासन कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं : जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव आज सोमवार पाँच हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस रकम लिएको भन्ने उजुरीको आधारमा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।