काठमाडौं : कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् ।
महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए । नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो ।
तपाइँको प्रतिक्रीया