२०८२ जेठ २४ शुक्रबार

राशिफल

सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने

काठमाडौं  :   सिटिजन्स बैंकको यहि कात्तिक ४ गते वार्षिक साधारण सभा हुने भएको छ । सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु गरिनेछ । साधारण सभामा कम्पनीले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । यसले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (कर सहित) नगद लाभांश वितरणमा खर्च गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७८–७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।