२०८२ असार ३ मङ्गलबार

राशिफल

धर्म परिवर्तनका नाममा आउने रकम रोक्न सुझाव

काठमाडौं : मधेशी आयोगले धर्मपरिवर्तनका नाममा मधेशमा रकम आउने गरेको भन्दै त्यसलाई रोक्न सरकारलाई सुझाव दिएको छ ।

आयोगले हालै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष ०७८र०७९ को वार्षिक प्रतिवेदनमा धर्मान्तर ९धर्म परिवर्तन० र धर्मान्धताका नाममा भित्रिने रकममा गृह मन्त्रालयले निगरानी गर्नुपर्ने सुझाव दिएको हो ।

आयोगले सनातन हिन्दु संस्कृतिमाथि अतिक्रमण र धर्मान्तरण रोक्न समेत सरकारलाई सुझाएको छ ।

यस बाहेक आयोगले विभिन्न धर्मावलम्बीका शैक्षिक संस्थालाई सूचीकृत गरेर राज्यको मूलधारमा ल्याउन समेत अनुरोध गरेको छ ।