काठमाडौं : नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भाराेत्तोलनमा विभागीय टाेली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले पहिलो स्वर्ण जितेकाे विभागीय छ ।
पोखरा उद्योग वाणिज्य सङ्घको हलमा आज बुधवार महिला ८७ केजी तौल समूहमा एपीएफकी निशा बलालले स्वर्ण जितेकी हुन् । उनले स्न्याचमा ६२ र क्लिन एन्ड जर्कमा ७७ गरी एक सय ३९ केजी भार वहन गर्दै एपीएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।
प्रतियोगितामा नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७४ गरी एक सय ३७ केजी भार वहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लिन एन्ड जर्कमा ८८ गरी एक सय २५ केजी भार उठाएकी हुन् ।
बुधवारकै अर्को खेलमा नेपाल पुलिसकी विद्या राईले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जितिन् । ८७ केजीमाथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लिन एन्ड जर्कमा ८८ गरी एक सय ६४ केजी भार वहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले एक केजी बढी भार वहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए ।
यस्तै एपीएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य पदक जितिन् । शिखाले स्न्याचतर्फ ४० र क्लिन एन्ड जर्कमा ५३ गरी ९३ केजी भार वहन गर्दा गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लिन एन्ड जर्कमा ५० गरी ९० केजी भार उठाएकी हुन् ।
२० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धा आजदेखि सकिँदैछ । अहिलेसम्म १६ स्वर्णको टुङ्गो लागेकोमा नेपाल प्रहरीले नाै, नेपाल आर्मीले चार, सुदूरपश्चिमले दुई र एपीएफले एक स्वर्ण जितेका छन् ।
तपाइँको प्रतिक्रीया