काठमाडौं : महिला ४ सय मिटर रिले दौडमा नेपाल आर्मी क्लबले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेन्डमा दुरी पार गरे ।
गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक जिते । बाग्मतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजना आमात्यले ५२.७६ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते ।
यस्तै पुरुष ४ सय मिटर रिले दौडमा सशस्त्र प्रहरीको एपीएफले स्वर्ण पदक जितेको छ । एपीएफका निरप्रदाप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामी मगरले ४२.४४ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जिते । आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीले ४२.६० सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक जिते ।
त्यसैगरी लुम्बिनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते ।
तपाइँको प्रतिक्रीया