काठमाडौं : उदयपुरमा पोखरीमा डुबेर एकको मृत्यु भएको छ। त्रियुगा नगरपालिका-६ जलजलेस्थित रानी पोखरीमा डुबेर त्रियुगा नगरपालिका-५ श्रीपुरकी ६० वर्षीया दैया परियारको मृत्यु भएको हो।
गाईबस्तु चराएर घर फर्काउने बेला हात खुट्टा धुन पोखरी छेउमा पसेकी उनी त्यहीँ डुबेर ज्यान गएको अवस्थामा अन्य गोठालाले फेला पारेका हुन्।
गाईबस्तु चराएर फर्काउने क्रममा डुबेर गम्भीर घाइते भएकी परियारको इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालयबाट खटेको टोली उद्धार गरी बाहिर ल्याउदा ज्यान गइसकेको थियो।
मृतकको शब उदयपुर अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारले बताए।
तपाइँको प्रतिक्रीया