२०८२ असार ४ बुधबार

राशिफल

बैतडीको ३१ मतदान केन्द्र अतिसंवेदनशील

काठमाडौं :  बैतडीको १२९ मतदान केन्द्र रहेको ३१ मतदान केन्द्र सुरक्षाका हिसाबले अतिसंवेदनशील मतदान केन्द्र रहेका छन्।

त्यसैगरी ३४ वटा मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रको रुपमा वर्गीकरण गरिएको छ भने बाँकी रहेका ६४ मतदान केन्द्रलाई समान्य मतदान केन्द्रको रुपमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

अतिसंवेदनशील मतदानस्थलमा पुर्चोडी नगरपालिका, डिलासैनी गाउँपालिका र सिगास गाउँपालिका रहेका छन्। सडक पुर्वाधार नपुगेको, सुरक्षाकर्मीको पातलो उपस्थिति रहेको र बढी राजनीतिक दलको सक्रियता हुने ठाउँहरुलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको भारतीले बताए।

यसैगरी विगतमा चुनावको समयमा भए गरेका घटनालाई पनि आधार मानेर वर्गीकरण गरेको उनले बताए।